शेर्पा संघ बेलायतको २३औँ वार्षिक साधारण सभामा गायिका छिरिङ डोल्मा शेर्पाको विशेष स्वागत

शेर्पा संघ बेलायतको २३औँ वार्षिक साधारण सभाको शुभ अवसरमा एक प्रतिभाशाली गायिका, छिरिङ डोल्मा शेर्पाज्यूलाई हाम्रो माझ स्वागत गर्न पाउँदा शेर्पा संघ बेलायत परिवार अत्यन्त हर्षित र गौरवान्वित भएको छ। शेर्पा संघ बेलायतको तर्फबाट उहाँलाई हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछौं। सोलुखुम्बुको फदिङबाट आफ्नो सांगीतिक यात्रा प्रारम्भ गरी अथक मेहनत, लगन र प्रतिभाका बलमा The Voice of Nepal जस्तो प्रतिष्ठित राष्ट्रिय मञ्चमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल हुनुभएको छ। उहाँको कला, निरन्तर संघर्ष र समर्पणले विशेषगरी नयाँ पुस्तालाई आफ्ना सपना पछ्याउन प्रेरणा दिएको छ। बेलायत भ्रमणका क्रममा शेर्पा संघ बेलायतको निमन्त्रणा स्वीकार गरी हाम्रो बीचमा उपस्थित हुनुभएकोमा उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछौं। हामी विश्वास गर्दछौं, यहाँको सफलता अझ उचाइमा पुग्नेछ र यहाँको मधुर स्वरले संसारभर रहेका नेपालीहरूको मन जितिरहनेछ। आगामी सांगीतिक यात्रा अझ सफल, समृद्ध र उपलब्धिमूलक रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं। उहाँको बेलायत भ्रमण सफल, सुखद र अविस्मरणीय रहोस् भन्ने मंगलकामना गर्दछौं। धन्यवाद। शेर्पा संघ बेलायत

Previous
Previous

“छ्योखोर दुछ्येनको पावन अवसरमा बीसीसी यूके गुम्बामा मणि छ्योखोर धार्मिक कार्यक्रम भव्य रूपमा सम्पन्न”

Next
Next

लन्डनमा शेर्पा समुदायले मनायो २१५३ औँ ग्याल्पो ल्होसार