४ अक्टोबर २०२५ का दिन परेको विश्व शेर्पा दिवस शेर्पा संघ बेलायतले अत्यन्त भव्य रूपमा आयोजना गरिएको थियो। यो विशेष अवसरमा बेलायतबासी सम्पूर्ण शेर्पा समुदायले खुशी, एकता र गर्वका साथ सहभागिता जनाउनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं।
शेर्पा संघ बेलायतले विश्वभर छरिएर बसोबास गर्नु भएका सम्पूर्ण शेर्पा दाजुभाइ तथा दिदीबहिनीहरूलाई विश्व शेर्पा दिवस २०२५ को हार्दिक शुभकामना प्रकट गर्दछ।
🙏 ट्रस्टी सदस्यहरूलाई सम्मानपूर्ण बधाई
उक्त अवसरमा £1001 को अमूल्य सहयोग दिई शेर्पा संघ बेलायतका ट्रस्टी सदस्य बन्नु भएका महानुभावहरूलाई हार्दिक धन्यवाद र बधाई:
श्री आङ दावा च्यावा (Farnborough)
श्री रिन्जी शेर्पा लामा (Reading)
श्री दावा सोनाम लामा (Ashford)
श्री काजी च्यावा (Reading)
श्री छोङ शेर्पा (London)
श्री शान्ता शेर्पा (Camberley)
श्री सोनाम शेर्पा (Reading)
मेजर आङ मिङ्मा शेर्पा (Gloucester)
श्री नोर्बु शेर्पा (Sevenoaks)
यहाँहरूको योगदान र सहयोगी भावना हाम्रो संस्थाको निरन्तर प्रेरणाको स्रोत हो। शेर्पा संघ बेलायत परिवार यहाँहरूको निरन्तर साथ, सहयोग र सुझावको अपेक्षा गर्दछ।
💐 विशेष धन्यवाद
विश्व शेर्पा दिवसको अवसरमा आफ्नो अमूल्य दुई शब्द राखी प्रेरणा प्रदान गर्नु भएका महानुभावहरूलाई विशेष धन्यवाद:
थेन्डुप शेर्पा, अध्यक्ष – विश्व शेर्पा संघ
इन्जिनियर आङ दोजी लामा, संस्थापक अध्यक्ष – विश्व शेर्पा संघ
थुचिक्षे 🙏
रिन्जी शेर्पा
अध्यक्ष, शेर्पा संघ बेलायत
༄༄། །དབྱིན་ཡུལ་ཤར་པའི་སྤྱི་ཚོགས།
