शेर्पा संघ बेलायतद्वारा बाढीपीडितका लागि रु ७ लाख ६ हजार ७५५ सहयोग

लन्डन । शेर्पा संघ बेलायतले नेपालमा हालै आएको बाढी–पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि रु ७ लाख ६ हजार ७५५ सहयोग प्रदान गरेको छ। उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएको महासचिव नोर्बु शेर्पाले जानकारी दिए।

संघका अध्यक्ष रिन्जी लामा शेर्पाका अनुसार बेलायतमा रहेका सदस्यहरूबाट संकलित उक्त रकम नेपालका बाढीपीडितहरूको सहयोगार्थ पठाइएको हो। उनले विपद्को कठिन घडीमा सबैलाई सहयोगका लागि एकजुट हुन आह्वानसमेत गरेका छन्।

शेर्पा संघ बेलायतले बाढी–पहिरोमा परी अकालमा ज्यान गुमाउनु भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै विस्थापित तथा प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै राहत तथा पुनर्स्थापनामा सहयोग निरन्तर रहने जनाएको छ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको सहयोगार्थ सञ्चालन गरिएको यस अभियानमा सहयोग गर्ने सम्पूर्ण सदस्यहरूलाई संघले धन्यवाद व्यक्त गरेको छ।

सन् २००३ मा स्थापना भएको शेर्पा संघ बेलायतले नेपालमा विभिन्न सामाजिक तथा मानवीय कार्यहरूमा निरन्तर सहयोग गर्दै आएको छ।

शेर्पा संघ बेलायतद्वारा बाढीपीडितका लागि रु ७ लाख ६ हजार ७५५ सहयोग - London Nepal News

On behalf of Sherpa Association UK, I would like to express our sincere gratitude and appreciation to every individual and family who generously contributed to this humanitarian appeal.

Your kindness, generosity and solidarity have made this collective contribution possible. The successful transfer of NPR 706,755.50 to the Prime Minister’s Disaster Relief Fund represents our community’s support and solidarity with the people affected by the floods in Rasuwa, Nepal.

Thank you once again to all our generous donors and supporters.

Rinji Sherpa Lama

Chairperson

Sherpa Association UK

Previous
Previous

समर भेटघाट (फाङ–ङि) २०२६ भव्य सफलताका साथ सम्पन्न

Next
Next

“छ्योखोर दुछ्येनको पावन अवसरमा बीसीसी यूके गुम्बामा मणि छ्योखोर धार्मिक कार्यक्रम भव्य रूपमा सम्पन्न”