Back to All Events

समर भेटघाट (फाङ–ङि) २०२६ – हार्दिक निमन्त्रणा


Summer Get Together (Phang-Ngi) 2026 – Warm Invitation

टाशी देलेक । नमस्ते ।

गत वर्षझैँ यस वर्ष पनि शेर्पा संघ बेलायत – साउथ सेन्ट्रल कम्युनिटी को आयोजनामा समर भेटघाट (फाङ–ङि) २०२६ आयोजना गरिएको छ।

यस कार्यक्रमको उद्देश्य शेर्पा समुदायबीच आपसी सम्बन्ध अझ सुदृढ बनाउने, नयाँ साथीहरूसँग परिचय र भेटघाट गर्ने, बेलायतमा नयाँ आउनुभएका सदस्यहरूलाई स्वागत गर्ने तथा परिवार र साथीभाइसँग रमाइलो समय बिताउने रहेको छ।

कार्यक्रम विवरण

मिति: शनिबार, २२ अगस्ट २०२६

समय: दिउँसो १:०० बजेदेखि

स्थान: Gurkha Village, Royal Military Academy Sandhurst

पोस्टकोड: GU15 4NX

कार्यक्रमको सफलताका लागि यहाँहरूको सक्रिय सहभागिता, सहयोग तथा उपस्थितिको हार्दिक अपेक्षा गर्दछौँ। कृपया आफ्नो RSVP समयमै पुष्टि गरिदिनुहुन अनुरोध गर्दछौँ, जसले खाना तथा पेय पदार्थको उचित व्यवस्थापन गर्न आयोजकलाई सहज हुनेछ।

टिकट शुल्क

* Adults (१६ वर्ष र माथि): £35

* Children (६–१५ वर्ष): £20

* Under 6: निःशुल्क

* Age 70 and above: निःशुल्क

खाना सप्लायरको नियमअनुसार ६ वर्षभन्दा माथिका सबैका लागि शुल्क लाग्ने भएकाले टिकट दर यसअनुसार निर्धारण गरिएको हो।

टिकट शुल्कमा BBQ, सम्पूर्ण खाना तथा सबै पेय पदार्थ समावेश छन्। कार्यक्रममा सहभागी भएपछि थप कुनै शुल्क तिर्नुपर्ने छैन।

हाल बढ्दो महँगीका कारण कार्यक्रम सञ्चालन खर्च पनि वृद्धि भएकोले यहाँहरूको सहयोग र समझदारीका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

सम्पर्क (RSVP तथा थप जानकारी)

निमातेम्बा शेर्पा

संयोजक / अध्यक्ष

शेर्पा संघ बेलायत – साउथ सेन्ट्रल कम्युनिटी

07727 243435

सबैको सक्रिय सहभागिताले हाम्रो कार्यक्रम अझ भव्य, सफल र अविस्मरणीय बन्नेछ।

धन्यवाद। थुचिछे।

Previous
Previous
1 August

समर भेटघाट (फाङ - ङि) – २०२६ हार्दिक निमान्त्तण ! साउथ इस्ट केन्ट कम्यनिटी