शेर्पा संघ बेलायत (Sherpa Association UK) द्वारा ३ अक्टोबर २०२६ मा आयोजित ग्लोबल शेर्पा दिवस २०२६ को विशेष कार्यक्रम अतिथिहरूको शुभकामना मन्तव्य, सांस्कृतिक प्रस्तुति तथा सम्मान वितरणसँगै सम्पन्न भयो।
कार्यक्रममा विशिष्ट अतिथि, शेर्पा संघ बेलायत तथा BCCUK का संस्थापक अध्यक्ष एवं International Buddhist Confederation (IBC) का उपाध्यक्ष आदरणीय श्री काजी शेर्पाज्यूले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
सांस्कृतिक कार्यक्रममा सहभागीहरूलाई प्रमुख अतिथि BCCUK का प्रमुख लामा गुरुज्यूको बाहुलीबाट सम्मान प्रदान गरिएको थियो। त्यसपश्चात् प्रमुख लामा गुरुज्यूको आशीर्वचन तथा मन्तव्य र शेर्पा संघ बेलायतका श्री रिन्जी शेर्पाज्यूको समापन मन्तव्यसँगै कार्यक्रम सम्पन्न भएको थियो।
यस विशेष अवसरका महत्वपूर्ण तथा अविस्मरणीय क्षणहरू समेटिएका भिडियो झलकहरू यहाँ प्रस्तुत गरेका छौँ।
कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउनुहुने सम्पूर्ण आदरणीय अतिथिज्यूहरू, कलाकार तथा सहभागीहरूप्रति शेर्पा संघ बेलायत हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछ।
शेर्पा संघ बेलायत (Sherpa Association UK)
