शेर्पा संघ बेलायतले १८ फेब्रुवारीमा ल्हप्सो पुजा र २४ फेब्रुवारीमा लोसार २१४५ (स फो खी लो) कार्यक्रम आयोजन गर्ने।

साना शेर्पा

१० डिसेम्बर २०१७ आइतबारको दिन अल्डरशट स्थित निरमाया रोधीघरमा शेर्पा संघ बेलायतको तेस्रो नियमित बैठक सम्पन्न भएको छ । संघका अध्यक्ष साना शेर्पाको अध्यक्षतामा सम्पन्न भएको बैठकमा संघका उप-ध्यक्ष आङ दावा च्यावा शेर्पा, कोष अध्यक्ष दावा वाङ्गदि गर्ज शेर्पा, संस्कृतिक सचिव पेमालमु शेर्पा, कार्यसमितिका सदस्यहरु आङ फुर्बा शेर्पा, पेम्दोर्ची शेर्पा, २०१८ लोसार कार्यक्रम संयोजक सान्ता लामा शेर्पा, आयोजकहरु निम्तेम्बा लामा शेर्पा, श्रीमती फुलमाया शेर्पा, ल्हाप्सो पुजा आयोजक गोम्बा पिनास शेर्पा, नोवल शेर्पा, श्रीमती दाछिकी शेर्पा लगायत बिभिन्न आजीवन सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकमा आगामी ल्हप्सो पुजा र ग्याल्पो लोसार 2018 कार्यक्रमको पूर्व तयारी सम्बन्धि बिशेष छलफल गरिएको थियो । आगामी ल्हप्सो पुजा श्रीमान/श्रीमती गोम्बा पिनास शेर्पाको संयोजकत्वमा आयोजकहरु श्रीमान/श्रीमती नोवल शेर्पा, श्रीमान/श्रीमती निम्तेंजी शेर्पा, र श्रीमान/श्रीमती पेम्दोर्ची शेर्पाको आयोजनामा १८ फेब्रुवारी २०१८ आइतबारको को दिन अल्डरशट स्थित बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेको गुम्बामा सम्पन्न गरिने भएको छ भने ग्याल्पो लोसार २०१८ (२१४५) (स फो खी लो) कार्यक्रम २४ डिसेम्बर २०१८ सनिबारको दिन फारणब्रोमा श्रीमान/श्रीमती सान्त लामा शेर्पाको संयोजकत्वमा आयोजकहरु श्रीमान/श्रीमती अंग दावा च्यवा शेर्पा, श्रीमान/श्रीमती निम्तेम्बा शेर्पा, र श्रीमान/श्रीमती दावा शेर्पाले आयोजन गर्नेछन ।

बेलायतको शेर्पा समाजमा उदहारणीय योगदान पुर्याउदै आएका व्यक्तित्वहरु र ग्र्याजुएट बिधार्थीहरुलाई वहाँहरुको योगदान र सफलताको कदर गर्दै लोसार कार्यक्रममा प्रसंसा पत्र वितरण गरिने भएको छ।

बैठकमा शेर्पा संघ बेलयातको सातौँ अधिबेशन १८ फेब्रुवारी २०१८ आइतबारको दिन लप्सो पूजा पश्चात अल्डरशट स्थित बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेको गुम्बामा सम्पन्न गरिने, साथै शेर्पा संघ बेलायेतको भवन निर्माणको लागि गरिएको £१० अभियानलाई पूर्ण रुपदिने वा नदिने निर्णय तेहिदीन गरिने, तेस्तै बेलायतको लागि नेपाली राजदुताबास र विभिन्न संघ संथाका व्यक्ति व्यक्तित्वलाई आमंत्रण गरिने, नेपाल बाट एक युवा कलाकार लाई बोलाईने, आजीवन सदस्यको लागि पहल गर्नु पर्ने र लप्सो पूजा अनि लोसार क्रार्यक्रममा आजीवन सदस्यको फारम बितरण गरिने, तेस्तै गरि भबिश्यमा समाचार माध्यम लाई पूर्णरुप दिइने भएको छ।