शेर्पा संघ यूकेको समर भेटघाट कार्यक्रममा हार्दिक निमन्त्रण – अध्यक्ष, साना शेर्पा

बेलायतबासी सम्पूर्ण शेर्पा ईष्ट मित्र साथै दाजु भाई तथा दिदी बहिनिहरु

टाशी देलेक !

यहि आउने २२ अगष्ट २०१५ शनिबारको दिन नर्थहल्ट, लण्डनमा शेर्पा संघ यूकेले समर भेटघाट कार्यक्रम आयोजना गर्न गईरहेको कुरा सबैलाई समरण गराउदै समस्त बेलायतबासी शेर्पा परिवारलाई भेटघाट कार्यक्रममा उपस्थितिको लागी हार्दिक निमन्त्रण गर्दछु ।

समर भेटघाट कार्यक्रम आयोजना गर्नुको उद्देश्य भेनेको आफन्तजनहरु संग भेटघाट गर्ने, तिता मिठा अनुभवहरु एक अर्का संग बाँड्ने साथै शेर्पा संस्कृति र परम्परा बेलायतमा रहेका आउने पिढीहरुलाई सिकाउने रहेको छ ।  सबै भन्दा महत्वपूर्ण उद्देश्य भनेको बेलायतमा रहेका सबै शेर्पाहरुलाई  एउटा सिंगो परिवारमा परिणत गर्नु  हो ।

आउनुहोस पारिवारिक भेटघाट गरौँ ।

Venue :

Northolt Social Club
Sussex Crescent
Middlesex
UB5 4DR