शेर्पा संघ यूकेको आयोजनामा बेलायतमा ल्हप्सो पूजा साथै ग्याल्पो लोसार कार्यक्रम सम्पन्न

बेलायत, गत २२ फेब्रुअरी २०१५ को दिन शेर्पा संघ यूकेको आयोजनामा बेलायतमा सिङ् मो लुक लो २१४२ ग्याल्पो लोसार कार्यक्रम सम्पन्न भएको छ । बिहान लगभग १० बजे बाट अल्डरशटमा अवस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेको गुम्बामा ल्हप्सो पुजाको आयोजना गरिएको थियो भने दिउसो ४ बजे बाट फार्नब्रोमा अवस्थित ओक फार्म कम्युनिटी स्कुलमा ग्याल्पो लोसार कार्यक्रमको आयोजना गरिएको थियो । औपचारकि कार्यक्रम संघका अध्यक्ष रिन्जी शेर्पाको अध्यक्षतमा संघका महासचिव योन्तेन ग्याछॊले संचालन गरेका थिए भने संस्कृतिक कार्यक्रम संघका संस्कृति सचिव दावा ग्याल्मु शेर्पाले संचालन गरेकी थिइन् ।

शेर्पाहरुको बिशेष चाड ग्याल्पो लोसार कार्यक्रममा प्रमुख अतिथि नेपाल एम्बेसी बेलायतका प्रतिनिधि बाबुकाजी डंगोल, अतिथिहरु नेपाल आदिवासी जनजाती महासंघ बेलयातका अध्यक्ष श्री प्रसाद लिम्बु, बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेका अध्यक्ष काजी शेर्पा, तमु धी यूकेका अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ, थकाली समाज यूकेका अध्यक्ष रेशम शेरचन, नेपाल आदिवासी जनजाती महिला महांसघका सचिव भावना परिष्कृत सुनुवार, भोजपुर सेवा समाज बेलायतका उप-ध्यक्ष सुदेश राई, तामाङ सोसाइटी अफ यूकेका सचिव देउराज तामाङ, तामाङ घेदुङ्ग बेलायतका अध्यक्ष तेन्जी पाख्रिन (लामा) किराँत याक्थुङ्ग चुम्लुङ्ग यूकेको उप-ध्यक्ष लिला सेलिङ् माबो, स स प यूकेको सचिव बिस्वोदिप तिगेल, मगर संघ यूकेको सल्लहाकार क्याप्टेन हरी बहादुर थापा, किराँत सुनुवार सेवा समाज यूकेको उप-ध्यक्ष यादा त्रुसुचा सुनुवार, एन आर एन आइ सी सी मेम्बर सुष्मा राई साथै अन्य बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेपाली राष्ट्रिय गान बजाएर सुरुवात गरिएको कार्यक्रममा कार्यक्रम संयोजक चांद लामाले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि बाबुकाजी डंगोल, बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेका अध्यक्ष काजी शेर्पा र शेर्पा संघ बेलायतका अध्यक्ष रिन्जी शेर्पाले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । संस्कृति कार्यक्रममा स्थानीय कलाकारहरुले श्याब्रु, तामाङ सेलो र बिभिन्न नेपाली गितहरु प्रस्तुत गरेका थिए ।

न्यू योर्क निवासी परोपकारी गायक गम्बु शेर्पाले कार्यक्रममा लगभग एक घण्टा बिभिन्न गीतहरु प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरंजन गराएका थिए । गायक शेर्पाले आफ्नो गायन कला प्रस्तुत गरेर नेपालमा ७ जना अनाथ बच्चाहरुलाई पढाउदै आएका छन् ।

कार्यक्रममा संस्थाको लागी ९ सय पाउण्ड बराबरको थाङ्का स्पोन्सर गर्नु हुने अश्फोर्ड केन्ट निवासी आङ पासाङ शेर्पा, नेपाल बाट १५० वटा खदा स्पोन्सर गर्नुहुने गैलाचा महासंघ नेपालका सल्लाहकार आङ रिन्जी शेर्पा र डाक्टर टोशी शेर्पालाई प्रसंसा पत्र साथै नव आजीवन सदस्यहरुलाई आजीवन सदस्यको प्रमाण पत्र हस्तान्तरण गरिएको थियो भने शेर्पा संघ यूके उप समिती केन्टका नव निर्बाचित अध्यक्ष नवाल शेर्पा र थप दोश्रो कार्यकालको लागी ब्रिटिश लिजन आशफोर्डका पुननिर्बाचित अध्यक्ष गोम्बा शेर्पालाई खदा लगाएर शेर्पा संघ यूकेका अध्यक्ष रिन्जी शेर्पाले बधाई दिएका थिए ।

यो वर्षाको ल्हप्सो पुजा साथै ग्याल्पो लोसार कार्यक्रम चांद लामाको संयोजकत्वमा आयोजक हरु आङ् फुर्बा / कामी डोमा शेर्पा, निमा ग्याल्बू / निमा लमु शेर्पा, आङ् दावा / पासाङ शेर्पा, कार्मा छिरिङ् पहाडी, आङ कल्जाङ् / आङ माया लामा र ल्हाक्पा सोनम लामाको आयोजनामा सुसम्पन्न भएको थियो । ग्याल्पो लोसार २१४३ औ कार्यक्रम अश्फोर्ड केन्टमा आयोजना गर्ने गरी निम्तेन्जी शेर्पाको संयोजकत्वमा आयोजकहरु नवाल शेर्पा, पेम्दोर्ची शेर्पा र आङ पासाङ शेर्पालाई चयन गरिएको छ ।