शेर्पा संघ बेलायतले ४ मार्चमा ग्याल्पो लोसार २१४४ कार्यक्रम आयोजन गर्ने

-योन्तेन ग्याछो

क्रिसमसको दिन रेडीङ स्थित धौलागिरी किचेनमा शेर्पा संघ बेलायतको नियमित बैठक सम्पन्न भएको छ । संघका अध्यक्ष साना शेर्पाको अध्यक्षता सम्पन्न भएको बैठकमा संघका उप-ध्यक्ष आङ दावा च्यावा, महासचिव योन्तेन ग्याछो, सचिव फुर्बा शेर्पा, संस्कृतिक सचिव पेमालमु शेर्पा, कार्यसमितिका सदस्यहरु आङ फुर्बा शेर्पा, निमा ग्याल्बू शेर्पा, श्रीमती आङ ल्हाक्पा शेर्पा, सल्लहाकार डाक्टर ङवाङ शेर्पा, लोसार २०१७ कार्यक्रम संयोजक रिन्जी लामा शेर्पा, आयोजकहरु काजी शेर्पा, सोनाम शेर्पा, श्रीमती माया शेर्पा, ल्हाप्सो पुजा आयोजक श्रीमती माया लामा शेर्पा लगायत बिभिन्न आजीवन सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकमा आगामी ल्हप्सो पुजा र ग्याल्पो लोसार २०१७ कार्यक्रमको पूर्व तयारी सम्बन्धि बिशेष छलफल गरिएको थियो । आगामी ल्हप्सो पुजा श्रीमती छोटी शेर्पा, श्रीमती वाङ्मु शेर्पा र श्रीमती माया लामाको आयोजनामा १ मार्च २०१७ को दिन अल्डरशट स्थित बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेको गुम्बामा सम्पन्न गरिने भएको छ भने ग्याल्पो लोसार २०१७ (२१४४) कार्यक्रम ४ मार्च २०१७ को दिन रेडीङमा रिन्जी लामा शेर्पाको संयोजकत्वमा आयोजकहरु डाक्टर ङवाङ शेर्पा, काजी शेर्पा, सोनम शर्पा र श्रीमती माया शेर्पाले आयोजन गर्नेछन ।

बेलायतको शेर्पा समाजमा उदहारणीय योगदान पुर्याउदै आएका व्यक्तित्वहरु र ग्र्याजुएट बिधार्थीहरुलाई वहाँहरुको योगदान र सफलताको कदर गर्दै लोसार कार्यक्रममा प्रसंसा पत्र वितरण गरिने भएको छ ।

बैठकमा शान्ता शेर्पाको अध्यक्षतामा शेर्पा संघ बेलायत रेडीङ सब कमिटी गठन गर्ने निर्णय गरिएको छ । औपचारिक रुमपा रेडीङ सब कमिटीको घोषणा ग्याल्पो लोसार कार्यक्रममा गरिने भएको छ भने संघको आगामी समर भेटघाट कार्यक्रममा नेपाल बाट युवा गायक छिरिङ् शेर्पालाई बोलाइने भएको छ ।